back
NMB ad

श्री एयरलाइन्सले पायो उडान अनुमति,व्यवसायीक उडान सुरु

Kumari bank ad

काठमाडौ। नेपालमा विमान ल्याएको झण्डै ४ महिनापछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ । श्री एयरलाइन्सका अनुसार प्राधिकरणले बिहिबार अनुमति प्रदान गरेको हो । तीनवटा जहाज ल्याइसकेको श्री एयरलाइन्सले आज शुक्रबारदेखि नियमित उडान थाल्ने श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

एयरलाईन्सले भैरहवा र नेपालगञ्जको उडान थाल्ने जनाएको छ । चार महिना अघिदेखि उडान थाल्न खोजेको भएपनि प्राधिकरणले एओसी दिनमा गरेको ढिलाइका कारण ४ महिनासम्म यसले उडान भर्न सकेको थिएन ।

श्री एयरलाइन्सले पहिलो विमान गत चैतमा नै ल्याइसकेको थियो । यसले तीन महिनामा क्यानेडाको बम्बार्डियरबाट उत्पादित सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्राएको थियो ।

तीन महिना बित्दासम्म पनि पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धानले तानेको थियो । अख्तियारले छानबिन गर्न थालेपछि मात्रै प्राधिकरणले एओसीको प्रक्रिया थालेको थियो ।

एओसी जारी गर्नुभन्दा पहिले उडान परिक्षण गर्ने अनुमति पनि क्यानले केहि दिनअघि मात्रै दिएको थियो । आठ वटा हेलिकप्टर रहेको श्री एयरलाइन्सले हेलिकप्टर सेवापनि प्रदान गर्दै आएको छ ।फाईल फोटो

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...