back
NMB ad

हाईड्रोको करिब ४ करोडको आईपीओ खुल्यो,नछुटाउनुहोला सबैलाई पर्छ !

Kumari bank ad

काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आज अर्थात् शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैंया अंकित ३ करोड ९० लाख रुपैयाँको अर्थात् ३ लाख ९० हजार कित्ता आइपीओ खुला गरेको हो ।

आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौ, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।

कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । धितोपत्र बोर्डले सकेसम्म सबैलाई न्यूनतम १० कित्ता सेयर दिनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले आवेदकले सेयर भर्दा ठूलो रकम खर्च गर्नु पनि पर्दैन र सबैलाई पर्दछ ।

आस्वा अनिवार्य भएकाले सबैले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्नुपर्ने हुन्छ । आफ्नो खाता भएको अनि आस्वाको सदस्य पनि भएका बैंकबाट आइपीओ भर्न मिल्छ ।

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...