back
NMB ad

धर्मकर्ममार्फत विकासमा जुटे युवा,धादिङको गजुरीमा भागवत् महापुराण सुरु

Kumari bank ad

धादिङ । गजुरी सामुदायिक विकास समाज गजुरीको आयोजनामा धादिङको गजुरी गाउँपालिका –१,गजुरी बजारमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गजुरी १ बाङगे स्थित रुद्रेश्वर महादेव मन्दिर परिसर सुधार भौतिक पूर्वाधार विकास, पुनरउत्थान एवं पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणार्थ महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञको नेपाली सेना ६ न. बाहिनी बैरेनीका बाहिनीपति शुदर्शनविक्रम राणाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सयौं भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो ।gajuri kalash yatraGajuri bhagabat

उद्घाटन कार्यक्रममा महापुराण वाचक शिरोमणि पण्डित दिपकप्रसाद पौडेलले सबैका लागि फाईदा पुग्ने पुराण श्रवण गर्न सबैलाई आग्रह गरेका थिए ।

यसैबीच रु १ देखि ५०० सम्म नगद दिनेलाई रसिद प्रदान, रु ५०१ देखि १,००० सम्म प्रदान गर्नेलाई रसिद र फूलटिका, रु १,००१ देखि २,००० प्रदान गर्नेलाई सम्मानपत्र र नाम वाचन, रु २,००१ देखि ३,००० प्रदान गर्नेलाई रामनामी ओढाई सम्मान, रु ३,००१ देखि ५,००० प्रदान गर्नेलाई फ्रेममा सम्मा पत्र राखेर अभिनन्दन, रु ५,००१ देखि १०,००० प्रदान गर्नेलाई चाँदीको फ्रेममा सम्मानपत्र सहित शिलालेखमा नाम, रु १०,००१ देखि २५,००० प्रदान गर्नेलाई चाँदीको फ्रेममा सम्मान पत्र सहित शिलालेखमा नाम (परिवार सहित), रु २५,००१ देखि ५०,००० सम्म सहयोग प्रदान गर्नेलाई मन्दिरको पूर्ण आजिवन सदस्यता प्रदान, रु ५०,००१ देखि रु १ लाख सम्म सहयोग गर्नेलाई दानबीर घोषणा सहित बाजागाजा सहित नगर परिक्रमा, रु १ लाखभन्दा माथि सहयोग गर्ने दाताहरुलाई मानार्थ अभिनन्दन प्रदान गरिने गजुरी सामुदायीक विकास समाजका सदस्य प्रतिक खरेलले जानकारी दिए ।gajuri,Dhading Yuba

साउन २६ देखि सुरु भएको महापुराण भदौ २ गतेसम्म सञ्चालन हुनेछ । महापुराणमा सहभागी भई युवाको विकास प्रयासमा उत्साह प्रदान गर्न समाजले सबैसमक्ष आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...