back
NMB ad

नेपाली उत्पादनलाई चीनमा ‘ड्यूटी फ्री’ गर्न उद्योगी व्यवसायीको आग्रह

Kumari bank ad

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले चीनसँग नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा ‘ड्यूटी फ्री’ सुविधा तथा भन्सार सहुलियत दिन आग्रह गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले नेपालको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ याङसँग यस्तो अनुरोध गरेकी हुन् ।

याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भएको औपचारिक भेटवार्तामा महासंघकी अध्यक्ष राणाले समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताइन् । अध्यक्ष राणाले हाम्रो क्षमता अभिवृद्धि गर्न होस् वा उत्पादन क्षमता बढाउन, लगानी प्रवर्द्धन होस वा नेपालभित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनियाँ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको स्पष्ट पारिन् ।

चीनसँगको चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न नेपाली उत्पादनहरूको चिनियाँ बजारमा सहज प्रवेशका लागि उपप्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह पनि गरिन् । यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरुलाई डयूटी फ्री सहुलियत सुविधाको माग समेत गरिन् ।

नेपालमा संयुक्त लगानीमा उत्पादन गरी चीनको बजारमा निर्यात गर्न सकिने वस्तु तथा सेवामा आधारित उद्योग व्यवसायमा सहकार्य एवम् सहयोगमा समेत अध्यक्ष राणाको जोड थियो ।नेपालमा चिनियाँ लगानी उल्लेख्य रुपमा बढी रहेको बताउँदै अध्यक्ष राणाले विगत देखिनै नेपालको जलविद्युत, सिमेन्ट उत्पादन लगायतका क्षेत्रमा ठूलो मात्रामा चिनियाँ लगानी गरिरहेकोमा धन्यवाद ज्ञापन गरिन् ।

एशियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्र राष्ट्र चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक रोड अभियान’ को महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन तथा एक क्षेत्र एक रोडसंग जोडिएका देशहरूसँग प्रगाढ सम्पर्क स्थापित गर्दै लगानी एवं प्रविधि आकर्षण, वाह्य सम्पर्क विस्तार एवम् पूर्वाधार अभावलाई समेत परिपूर्ति गर्ने विश्वास नेपाली निजी क्षेत्रको रहेको अध्यक्ष राणाले बताइन् । अध्यक्ष राणाले ‘एक क्षेत्र एक रोड’मार्फत नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोगका लागि उपप्रधानमन्त्री समक्ष आग्रह समेत गरिन् ।

सो अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटवार्तामा भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायत अन्य व्यवसायीको उपस्थिति रहेको थियो ।

fncci china deligates1

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार १६:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...