back
NMB ad

ग्लोबल आइएमइले गर्यो बाढि पिडितलाई ६५ लाख सहयोग

Kumari bank ad

काठमाडौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् ।

कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरि कुल रु. ६५ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जनाए ।

साथै, बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहनेहरुले ”प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार” को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ”०४११०१००००००५” मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको समेत जानकारी दिइउको छ ।

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १७:४४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...