back
NMB ad

दूधकोशी यातायातले उठाएको भाडाको दश प्रतिशत बाढीपीडितलाई दिने

Kumari bank ad

सोलुखुम्बु। सोलुखुम्बु–काठमाडौ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ । दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौ तथा काठमाडौ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सेवासँगै सामाजिक सेवा पनि आफूहरुको उद्देश्य भएकाले यस्तो गर्न लागिएको उनले बताए ।

एक वर्षअघि दर्ता भई सञ्चालन भइरहेको दूधकोशी यातायात प्रालिले अहिले २३ वटा सुमो जिपबाट सल्लेरी–काठमाडौ–सल्लेरी जिप सेवा सञ्चालन गरिरहेको छ । हाल सल्लेरी–काठमाडौँ जिप भाडा एकतर्फी रु एकहजार ३०० रहेकाले प्रत्येक यात्रुले तिरेको रकमबाट १३० रुपैयाँ विपत्तिमा परेकाका लागि सहयोग हुनेछ ।रासस

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १४:०५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...