back
NMB ad

नेतृत्वको हचुवा कार्यशैलीले पार्टी शक्तिहीन बनेको रामचन्द्रको आरोप

Kumari bank ad

 

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । उनले नेतृत्वले सबैलाई नसमेट्दा स्थानीय तह चुनावमा पार्टीले क्षति व्यहोरेको समेत दाबी गरे ।

‘हचुवा शैलीमा काम गर्ने नेतृत्वको परिपाटीले कांग्रेस पार्टी शक्तिहीन हुँदै गइरहेको छ,’ तनहुँको दमौलीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘यो शैली नबदल्ने हो भने कांग्रेसले थप क्षति व्यहोर्ने छ ।’ संसदीय समिति बनाएर स्थानीय तह निर्वाचनमा उम्मेदवारी चयन नगर्दा भद्रगोल भएको उनको तर्क छ । उनले पार्टी विभाग र प्रदेश समिति गठन नहुँदा अनेक कठिनाई झेल्नुपरेको बताए ।
यसैबीच, नेता पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी पक्षमा देखिएकाले निर्वाचनको माहोल बनेको बताएका छन् । उनले चुनावविरोधी शक्तिहरु निर्वाचनमा आएकाले प्रदेश र संघको निर्वाचन निर्धारित मिति मै हुने दाबी गरे ।

उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशिति मितिः २०७४ भदौ ११

वि.सं.२०७४ भदौ ११ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...