back
NMB ad

बाढीका कारण नवलपरासीमा ७७ करोड बराबरको कृषिबालीमा क्षति

Kumari bank ad

नवलपरासी। नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ। बाढीले करिब ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको छ। अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो।

सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ। खाद्यान्न बालीमा ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनरायण गैरेले बताए।

बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ। यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ।

सबैभन्दा बढी सरावल गाउँपालिकामा २३ करोड ७८ लाख ६२ हजार, प्रतापपुरमा रु चार करोड २१ लख ३३ हजार, पाल्हीनन्दनमा २५ करोड ९२ लाख ५४ हजार, विनयी त्रिवेणीमा ३४ लाख १० हजार, सुस्तामा २४ करोड एक लाख ७५ हजार बराबरको उपज क्षति भएको छ।

यस्तै रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार, बर्दघाटमा ५८ लाख ४१ हजार र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार बराबरको कृषि उपज क्षति भएको हो। रासस

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...