back
NMB ad

विदेशी पर्यटकद्वारा फिजी छोड्ने क्रम जारी

Kumari bank ad

सुभा । फिजीमा आएको भीषण सामुद्रिक आँधी विन्सटोनपछि त्यहाँ रहेका विदेशी पर्यटकद्धारा फिजी छोड्ने क्रम जारी रहेको छ ।

यस प्रशान्तमहासागरीय द्वीप राष्ट्रमा आएको यस आँधीमा परी सोमबारसम्म कम्तीमा १७ व्यक्तिको मृत्यु भएपछि विदेशी पर्यटकले त्रासका कारण फिजी छोड्न थालेको बताइएको छ ।

फिजीका प्रधानमन्त्री भोरेकी बैनीमारामाले आइतबार यस आँधीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या ६ पुगेको पुष्टि गरेका थिए ।

सोमबारसम्म यो सङ्ख्या १७ पुगेको प्रकोप व्यवस्थान अधिकारीहरुले फिजीको राजधानीमा पुष्टि गरेका छन् । फिजी सरकारले ३० दिने राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । प्रकोपको कारण विद्यालयहरु पनि बन्द गरिएको छ ।

यसैबीच चीनले पनि भीषण सामुद्रिक आँधीले सताएको फिजीलाई मानवीय सहयोग गर्ने प्रबन्ध मिलाइरहेको जनाकारी दिएको थियो ।

वि.सं.२०७२ फागुन १० सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...