back
NMB ad

गुटैगुटले जेलिँदै कांग्रेस,पदको बार्गेनिङ गर्न कति छन् गुट ?

Kumari bank ad

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए । सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे ।

मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो । देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए । भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए । त्यसप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले भदौ १० गते महामन्त्री शशांक कोइरालाको निवासमा छुट्टै भेलासमेत आयोजना गर्यो । भदौ ११ गते तनहुँको दमौली पुगेका पौडेलले पार्टीमा हचुवा प्रवृत्तिले काम हुन थालेको आरोप लगाए ।

यी दुई घटनाले कांग्रेसभित्रको गुटगट राजनीतिलाई प्रस्ट्याउँछन् । देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका शीर्ष नेतालाई आ–आफ्नै खेमा खडा गर्न भ्याइनभ्याइ छ । उनीहरूकै भनाइलाई आधार मान्ने हो भने यो पार्टीमा सातवटा गुट सक्रिय छन् । यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो । केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्, ‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएपछि यस्तै हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रकाशित मितिः २०७४ भदौ १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार ०६:३२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...