back
NMB ad

पर्यटकीय क्षेत्र सराङ्गकोटमा  १० दिने महोत्सव

Kumari bank ad

सराङ्कोट जाऔ, स्थानीय कला संस्कृति
र सुन्दर प्राकृतिक दृष्यावलोकनमा रमाऔ”
नेपाल र पोखरा भित्रिएका पर्यटकहरुको प्रमुख पर्यटन गन्तब्यको रुपमा पहिचान बनाउदै गरेको सराङ्गकोटको थप प्रचारप्रसार र प्रबद्धनका लागि तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आयोजना गरिएको हो । महोत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा सराङ्गकोटलाई पर्यटकीय क्षेत्रको रुपमा मात्र नभई ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउने विश्वास छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख लक्ष्य रहेको महोत्सव सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सराङ्गकोट टप देउराली पाटनमा हुनेछ । महोत्सव सराङ्गकोट टोल विकास संस्था समन्वय समितिको मुख्य आयोजनामा सराङ्गकोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह.आयोजनामा संयुक्त रुपमा गर्न लागिएको हो ।
महोत्सवका प्रमुख आर्कषणको रुपमा सांस्कृतिक भेषभूषा तथा बाजागाजा सहितको प्रदर्शन, रत्यौली गीत प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता (मिनी म्याराथन) रहेका छन । पर्यटन दौड महोत्सव उद्घाटन अगावै भदौ १४ गते आयोजना हुनेछ ।
त्यस्तै सामूहिक नृत्य प्रतियोगिता, प्याराग्लाईडिङ् प्रतियोगिता, झाँकी प्रर्दशनी प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, कृषि सामाग्री तथा हस्तकला सामाग्री प्रर्दशनी प्रतियोगिता तथा साराङ्ग खेल महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेका छन् ।
हरेक प्रतियोगितमा प्रथम, द्धितृय तथा तृतिय हुने सहभागीलाई नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
सामुहिक नृत्य प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेले क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । रत्यौलि प्रतियोगिताका विजेतालाई क्रमश ७ हजार, ४ हजार र २ हजार, दुना टपरी प्रतियोगिताका विजेतालाई क्रमश १५ सय, एक हजार र पाँच सय रुपैयाँ, पर्यटन दौडका विजेतलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्याराग्लाईडिङ् प्रतियोगिता प्रथम, द्धितृय र तृतिय हुनेले क्रमश ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । अन्य प्रतियोगिताका सहभागीहरुलाई समेत आर्कषक पुरस्कार तथा नगद पुरस्कारको प्रदान गरिनेछ ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरीको टुवोर्ग वियर र अन्नपूर्ण केबलकार प्रालि रहेका छन । सह.प्रायोजकमा जय लक्ष्मी निमार्ण सामाग्री सप्लायर्स नयाँ बसपार्क तथा प्रायोजकमा होटल अन्नपूर्ण भ्यू र हवाई खेलकुद संघ रहेका छन ।
महोत्सवको मिडिया सहयोगिका रुपमा फेवा टेलिभिजन, अन्नपूर्ण एफएम, रेडियो सराङ्गकोट र रेडियो जननी रहेका छन । अनलाइन मिडिया सहयोगिमा नेपाल जरनल डटकम रहेको छ ।
१० दिने महोत्सवको एक लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सराङ्गकोटमा अहिले पनि हरेक दिन विहान सुर्योदय र पोखराको दृश्यावलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । सराङ्गकोटबाट पोखरा उपत्यका, अन्नपूर्ण, धौलागिरि र माछापुछ्रे लगायतका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
सराङ्गकोटबाट आकासमा चरा उडे झै प्याराग्लाईडिङ शयर र जिप फल्यार लगायतका साहसिक गतिविधिका लागी दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । महोत्सवले सराङ्गकोटको मौलिक कला, संस्कृति र स्थानिय पहिचानलाई संसार भर फैलाउने विश्वास लिईएको छ ।

प्रकाशित मितिः २०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १३:४३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...