back
NMB ad

सञ्चयकोष भएकालाई फाईदै फाईदा,दुई कम्पनीको करोडौं कित्ता साधारण शेयर आउँदै !

Kumari bank ad

काठमाडौँ। चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् ।

रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । साधारण शेयर जारी गरेर एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ ।

नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४.५० प्रतिशत शेयर रहनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण शेयर निष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण शेयर दिन लागेको हो । उक्त कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ ।
रासस

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १६:२८ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...