काठमाडौ । भदौ २७ गतेदेखि नेपाल ग्रामिण बिकास बैंकको साधारण सेयर (एफपिओ) आउदैछ । बैंकले प्रतिकित्ता एक सय रुपैँयाका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।
बैंकको अवस्था कमोजोर भएपछि विना प्रिमियम आइपीओकै दरमा एफपीओ जारी गर्न लागेको हो । यसअघि एफपीओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गर्दे आएका थिए । लघुवित्तको थप नयाँ साधारण सेयर प्रभू क्यापिटलले निष्काशन गर्नछ ।
एफपीआको विवरणपत्र सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल तथा ग्रामिण विकास बैंकको केन्द्रीय कार्यालय बुटवलबाट प्राप्त गर्न सकिनेछ ।
धितोपत्र बोर्डले चालु आर्थिक बर्षको सुरुवातसँगै अनिवार्य आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्ने व्यवस्था गरेकाले एफपीओमा बोर्डबाट आस्वा सेवामा सहभागि बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट भदौ ३० गतेसम्म ७५ जिल्लाबाट नै आवेदन गर्न सकिन्छ । आवश्यक माग नपरेमा भने बैंकले असोज १० गतेसम्म एफपीओ खुला गर्नेछ ।
एफपीओ निष्काशनपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ । एकसय रुपैयाँमै पाइने यो सेयरमा प्रत्येक आवेदकले १० कित्ता अनिवार्य पाउने व्यवस्था रहेको छ । निवेदन धेरै परे स्वत गोलाप्रथामा जानेछ ।
प्रकाशित मितिः २०७४ भदौ २५
वि.सं.२०७४ भदौ २५ आइतवार ०६:२९ मा प्रकाशित