back
NMB ad

१० विद्यार्थी संगठनका मागहरू के–के छन् ? पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । संयुक्त विद्यार्थी संगठनले अस्थायी शिक्षकको सम्मानजनक व्यवस्थापन गरी नयाँ योग्य शिक्षकको पदपूर्ति गर्न सरकारसँग माग गरेको छ । आइतबारअनेरास्ववियूको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले पूराना अस्थायी शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसक्ने र तिनलाई व्यवस्थापन गर्दै शिक्षक अध्यापन अनुमतिपत्र लिएका योग्य शिक्षकको पदपूर्ति गर्न माग गरेको हो ।

सरकारले नवौँ शिक्षा ऐन संशोधन गरेर अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेकोमा आपत्ति जनाउँदै बैठकले योग्य शिक्षकबाट विद्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकार संकुचन भएको ठहर गरेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए । बैठकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसलाई स्वायत्त बनाउने नाममा विद्यार्थीमाथि आर्थिक व्ययभार थपिएको भन्दै स्वायत्तमा लैजान खोजिएका क्याम्पसको प्रक्रियासमेत रोक्न आग्रह गरेको छ ।

बैठकले एमविविएस र विडिएस भर्नाका लागि मेडिकल कलेजहरुले सरकारले तोकेको ३५ लाखभन्दा बढी शुल्क लिइरहेकोप्रति आपत्ति जनाएको छ । सचिव लामिछानेले सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको पाइएकोमा देशभरका निजी मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने बताए ।

यसैगरी बैठकले सामाजिक सेवाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गर्न खोजिएकाले उक्त कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनसमेत माग गरेको छ ।

बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्य, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अखिल (पाँचौं) का घनश्याम मिश्रलगायत १० विद्यार्थी संगठनका पदाधिकारीको सहभागिता थियो ।

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...