back
NMB ad

आजदेखि नयाँ नोट साट्न सुरुः हेर्नुस् कहाँ कहाँ साट्न पाइन्छ

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकले ५, १० ,२०, ५० र १०० दरका नयाँ नोटको सटही सुविधा उपलब्ध गराएको हो ।

प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालयहरु काठमाडौं बैंकिङ अफिस न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, भक्तपुर, राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यालयहरु सिंहदरवार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सालबाट नयाँ नोट लिन सकिनेछ । यसैगरी, कृषि विकास बैंकका शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सर्वसाधारणले नयाँ नोट साट्न सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

यी बैंकबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म पाउन सकिनेछ । उपत्यका बाहिर पनि यिनै बैंकका शाखा कार्यालयले नयाँ नोट सटही सुविधा दिनेछन । तर, नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको सटही काउन्टरहरुबाट भने सर्वसाधारणले नोट साट्दा प्रतिव्यक्ति अधिकतम २७ हजारसम्म पाउन सक्नेछन् ।
प्रकाशित मितिः २०७४ भाद्र २८

वि.सं.२०७४ भदौ २८ बुधवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...