back
NMB ad

यो सेयर किनेमा १०% बोनस र बोनसपछि ५०% हकप्रद सुरक्षित हुने,आजै किन्नुहोस् !

Kumari bank ad

काठमाडौ । नेको इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन हो । कम्पनीले असोज १० गते २२ औं वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लोज गर्दैछ ।

वार्षिक साधारण सभामा कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने बिशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले ३७ लाख ५७ हजार ८४ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । बोनस र हकप्रदमार्फत चुक्ता पुँजी बढाउने लक्ष्य कम्पनीले लिएको देखिन्छ छ । साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुनेछ । हाल नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २१ करोड ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४६ पैसा ९वार्षिक० रहेको नेकोको प्रतिसेयर नेटवर्थ भने १७३ रुपैयाँ ११ पैसा छ ।

प्रकाशित मितिः२०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...