back
NMB ad

त्रिविका उपकुलपति प्रा.डा.तीर्थ खनियाँ कांग्रेसका अन्तर्घाती !

Kumari bank ad

काठमाडौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो । प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ । अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन् । तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन् ।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ । ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौँ, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्काशनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’ समिति बैठकले समितिको सचिव पदमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई नियुक्त गरेको छ ।

‘पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन केन्द्रीय कार्यालयमा दुई सय ५० जनामाथि उजुरी परेको थियो,’ समितिका एक सदस्यले भने, ‘जिल्ला सभापति, सांसद, विश्वविद्यालयका उपकुलपतिमाथि परेका अन्तर्घात आरोपका उजुरीपछि छानबिनको प्रक्रिया अघि बढाएका हौँ ।’

स्पष्टीकरण सोध्न सात दिन लाग्ने

जसका विरुद्ध उजुरी परेको हो, उनीहरूलाई स्पष्टीकरण सोध्न सात दिने लाग्ने भएको छ । उजुरी हेरेर पहिले जिल्ला सभापति, सांसदसहितका उच्च नेतालाई स्पष्टीकरण सोध्ने तयारी समितिले गरेको छ । ‘फाइल हेरेर स्पष्टीकरण सोध्न अझै एक साता लाग्छ,’ समिति सचिव केशव रिजालले भने, ‘पहिले जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसहितका उच्च नेतालाई सोध्छौँ । उहाँहरूले पत्र प्राप्त गरेपछि सात दिनभित्र लिखित स्पष्टीकरण पठाइसक्नुपर्ने छ ।’

कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनअघि अनुशासनको कारबाही अघि बढाएको सन्देश दिन खोजे पनि स्पष्टीकरण सोध्ने वेलासम्म निर्वाचन भइसक्ने देखिएको छ । कारबाही हुन सक्ने सन्देश दिन निर्वाचनको मुखमा प्रक्रिया अघि बढाए पनि प्रक्रियामा जानै ढिलाइ हुने देखिएको हो ।

हुलाकबाट स्पष्टीकरण पठाइने

उजुरी परेकामाथि समितिले हुलाकमार्फत स्पष्टीकरणको पत्र पठाउने भएको छ । यसअघि पनि हुलाकबाटै पठाइएकाले फेरि पनि त्यसरी नै सोधिने जानकारी रिजालले दिए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः२०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...