back
NMB ad

निष्काशनको तयारीमा रहेको तामाकोसीको सेयर किन्न ऋण पनि पाईने ! पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गर्न स्थानीयलाई सहकारी संस्थाले ऋण दिने भएका छन् । आयोजना प्रभावित (दोलखाबासी) का लागि सेयर निष्काशन हुन लागेकाले यसको तयारी थालिएको हो ।

जिल्लाका विभिन्न सहकारी संस्थाहरूले लगानी गर्नेबारे छलफल चलाएका छन् । दोलखा जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले गत शनिबार संयुक्त कार्यक्रम गरेका थिए । कार्यक्रममा लगानी गर्ने रकम अभावमा कोही पनि जिल्लाबासीले तामाकोसीको सेयर लिनबाट बञ्चित हुनु नपर्ने बताए । जिल्लामा १ करोड रुपैयाँभन्दा बढी वार्षिक वासलात भएका सहकारी संस्थाका प्रमुख प्रतिनिधिको उपस्थितिमा छलफल भएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले आफ्ना सेयर सदस्य तथा कार्य क्षेत्रभित्रका नागरिकका लागि लगानी गर्न अहिलेदेखि नै सहकारीहरू तयार रहन निर्देशन दिए । ‘यो राष्ट्रिय गौरवको आयोजना हो’ उनले भने, ‘सस्तो र आकर्षक आयोजना भएकाले यसमा लगानी गरेको पैसा डुब्दैन । सबै जिल्लाबासीले मालिक बन्ने अवसरबाट हामी चुक्नु हुन्न ।’

जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्काले सहकारीले सके आन्तरिकरूपमा व्यवस्थापन गर्ने नसके बाह्य ऋण लिएर पनि आफ्ना सदस्यलाई ऋण व्यवस्थापन गर्नुपर्ने बताए । सहकारीका लागि आवश्यक ऋण व्यवस्थापन गर्न नेफ्स्कुन र राष्ट्रिय सहकारी बैंकमार्फत ४० करोड रुपैयाँसम्म व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सेयर लगानी शीर्षकमा भने ऋण दिन नसकिने पनि उनले बताए ।

सेयर कारोबारका अध्यक्ष समेत रहेका जिल्ला सहकारी संघका उपाध्यक्ष रत्नबहादुर श्रेष्ठले आयोजनामा लगानीको अवसर प्रदान गर्न सहकारीले अहिलेदेखि नै प्रचारमा लाग्नुपर्ने बताए । आयोजनाले विद्युत उत्पादन गरेको पहिलो वर्षदेखि नै लाभांश वितरण गर्न सक्ने उनको दाबी छ ।
आयोजना प्रभावित जिल्लाबासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म लगानी गर्न पाउँनेछन् । जनप्रतिनिधि सम्मिलित बैठकले यसअघि नै जिल्लाबासीका लागि अति प्रभावित, प्रभावित र कम प्रभावित गरी ३ बर्गमा विभाजन गरी सेयर वितरण गर्ने निर्णय गरेको छ ।

आयोजना विकासकर्ता अपर तामाकोसी हाइड्रो पावर कम्पनी जिल्लाबासी र सर्वसाधारणका लागि सेयर निष्काशन गर्न दशैंअघि नै धितोपत्र बोर्डमा निवेदन दिने तयारीमा छ । जिल्लाबासीका लागि निष्काशन गरेपछि साधारण सेयर (आइपिओ) निष्कासन हुनेछ । कम्पनीले आयोजना प्रभावित जिल्लावासी र सर्वसाधारणलाई २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको छ ।

आगामी पुससम्म आयोजना प्रभावित स्थानियले सेयर पाउनेछन् । जिल्लाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन हुने कम्पनीले जनाएको छ । २०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार जिल्लाको कूल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अति प्रभावित ‘क’ बर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ बर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ छ । सेयर दामासायी वितरण गर्दा पनि जनसंख्याअनुसार अतिप्रभावितले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावितले ४६ कित्ता र बाँकी क्षेत्रका सर्वसाधरणले ३३ कित्ता सेयर पाउने अनुमान छ ।

जिल्लाबासी मध्ये सेयरमा आवेदन दिन लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । अन्यको हकमा जिल्लाबासी भएको नागरिकता अनिवार्य चाहिन्छ । ४ सय ५६ मेगावाटको तामाकोसीको असार मसान्तसम्म ९५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य थियो । तर, सउनसम्म करिब ९१ प्रतिशत पूरा भएको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ भदौ ३०

वि.सं.२०७४ भदौ ३० शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...