back
NMB ad

जम्मा २ रुपैयाँ तिरेर दर्शकले हलमा हेरे नेपाली फिल्म

Kumari bank ad

काठमाडौश्र दर्शक हलसम्म तान्न नेपाली निर्माताहरु हरेक उपाय उपनाउने गर्छन् । यस्तैमा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म दुई रुपैयाँ टिमले पनि अनौठो अफर दर्शकलाई प्रदान गरेको छ ।

बिहीवार रु २ रुपैयाँ तिरेर दर्शकले फिल्म दुई रुपैयाँ हेरे । फिल्मको नाम अनुसार निर्माण पक्षले रु दुई रुपैयाँ लिएर आउने सय जना दर्शकलाई फिल्म दुई रुपैयाँ हेर्न दिने अवसर दिएको हो । बिहीवार १२ः३० बजेको शोको टिकट सय जना दर्शकले रु २ रुपैयाँ तिरेर फिल्म दुई रुपैयाँ हेर्ने मौका पाए । दर्शकको अत्याधिक चापको कारण सय जनालाई मात्र भनिएको टिकट ५० वटा थप गर्नु परेको निर्देशक असीम शाहले जानकारी दिए । बिहान ११ बजेबाट काट्न सुरु गरिएको टिकटका लागि सात बजेबाट नै कुमारी हलमा दर्शकको भिड लागेको थियो ।

दर्शकसँग साक्षात्कार गर्न फिल्मका निर्देशक असीम शाह र कलाकार बुद्धि तामाङ उपस्थित थिए । रु दुई रुपैयाँमा फिल्म हेर्न उपस्थित दर्शकमाझ कलाकार बुद्धि तामाङ क्रेज गज्जबको देखिन्थ्यो । ए जि टु वान प्रोडक्शन प्रालि र ब्ल्याक हर्स प्रालि।ले निर्माण गरेको यो फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान लगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मितिः २०७४ भदौ ३०

वि.सं.२०७४ भदौ ३० शुक्रवार १४:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...