back
NMB ad

नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

Kumari bank ad

रौतहट । नेपाल–भारत सीमामा रहेको गौर भन्सार नाका ७२ घन्टाका लागि बन्द भएको छ । प्रदेश नं.२ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।

असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो ।

आज देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिएका छन् ।
तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।

जिल्ला सुरक्षा समिति रौतहटले स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसारपसार, बिक्री–वितरण तथा सेवनसमेत निषेध गरेको छ । असोज ३ गतेसम्मको लागि मदिराजन्य सबै किसिमका कारोबार तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः२०७४ भाद्र ३१

वि.सं.२०७४ भदौ ३१ शनिवार ११:५० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...