back
NMB ad

अनियमितताको पराकाष्टः विपी स्वास्थ्य प्रतिष्ठानको परिसरमा ब्यूटी पार्लरदेखि किट्जीसम्म

Kumari bank ad

धरान । एउटा शैक्षिक संस्थाको हातभित्र ब्यूटी पार्लर, डान्स बार जस्ता गैरशैक्षिककार्य गर्न ठाउँ दिईन्छ भने त्यसलाई कसरी बुझ्ने ? तर, धरानमा रहेको विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रतिष्ठानकै पूर्व पदाधिकारीहरुको मनोमानीकाकारण यस्ता गैर शैक्षिक गतिविधिहरु खुलेहाम चलिरहेका छन् ।
प्रतिष्ठानको अतिथि गृहको ठीक पछाडि एउटा ब्यूटी पार्लर चलिरहेको छ । मासिक ५ हजार भाडा लिनेगरी यस भन्दा अघिका उपकूलपति बलभद्रप्रसाद दासले ब्यूटी पार्लर राख्न अनुमति दिएका थिए । प्रतिष्ठानमा ब्यूटीपार्लरको आवश्यकता पनि केही नरहेको र शैक्षिक संस्थाभित्र यस्तो गतिविधि सुहाउने कुरा पनि होईन ।
त्यस्तै, ब्यूटी पार्लरसँगै जोडिएको झण्डै १० कठ्ठा जतिको जमिनमा एउटा किट्जी छ ।बच्चाहरुको लागि प्लेग्रुप सञ्चालनगर्नको लागि भनेर पूर्व उपकूलपति दासले नै आफ्ना भतिजा राकेश दासलाई अगाडि देखाएर आफैंले किट्जी सञ्चालन गरेका थिए । जबकी प्लेग्रुप सहितको अध्ययन गराईने दिल्ली पब्लिक स्कूलत्यही किट्जीको ५० मिटर अगाडि प्रतिष्ठानको स्वीकृतिमा धेरै पहिलेदेखि नै चलिरहेको छ । दासले नै त्यहिहाताभित्रआफ्नो कार्यालयमा एउटा डान्स बार समेत खोल्ने योजनाबनाएको प्रतिष्ठानका एक अधिकारीले बताए । तर, धेरै विरोध भएपछि त्यो त्यसै रोकिएको थियो ।bp health post
यसरी पूर्वउपकूलपतिदासले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै प्रतिष्ठानको हाताभित्र यस्ता संरचना खडा गर्न अनुमतिदिएको भेटिएको छ । अहिले प्रा. डा. राजकुमार रौनियार प्रतिष्ठानका उपकूलपतिबनेर आएपछि किट्जीलाई तत्कालकालागि सञ्चालननगर्नु भनेर निर्देशनदिईसकेका छन् । यस विषयमाअहिले अख्तियारमामुद्दा पनिविचाराधिन रहेको छ ।
मातृशिशु अस्पतालको भवननिर्माणमा नै चलखेल
उता, तालुकनिकायसँगको स्वीकृतिविना नै ७६ करोडको मातृ शिशु अस्पतालको भवननिर्माण गर्ने निर्णय सिनेटबाट गराईदिँदाअहिले विपी प्रतिष्ठान गम्भीर आर्थिक संकटमा पर्ने स्थिती देखिएकोछ । पूर्व उपकूलपतिदासले आफ्नो कार्यकाल सकिनेबेलामासिनेटबाट ४०० शैयाको क्षमताभएको मातृशिशु अस्पतालको भवनबनाउन टेण्डर लगायतका सबै प्रक्रियाहरु अगाडि बढाईदिए । जबकि अर्थ मन्त्रालय र स्वास्थ्यमन्त्रालयसँग स्वीकृतिनलिई यस्ता संरचनाहरु बनाउँदामन्त्रालयले बजेट निकाशागर्दैन । तर, प्रतिष्ठानमा दैनिक सामान खरीदको विलआउने गरेको छ । स्वायत्त संस्थाको सीमित स्रोत साधनकाकारण आफू त्यति धेरै खर्च गर्न नसक्ने र मन्त्रालयले पनि स्वीकृति नै नलिई बनेको भवनलाई पैसा निकासानगरिदिँदाअहिलेको समस्यासिर्जनाभएको हो ।
प्रतिष्ठानका उपकूलपति रौनियारले अहिले आफूहरुसँग त्यति धेरै पैसा तिर्ने क्षमतानभएको भएपनिमन्त्रालयमा स्वीकृतिको लागिपहलगरिरहेको बताए । तर, स्वीकृति नै नलिई काम सुरु गरिसकिएकोले मन्त्रालयबाट स्वीकृत गराउनपनि समस्यासिर्जनाभएको रौनियारले बताए ।
अहिले मासिक झण्डै १० करोड रुपैयाँतलबमामात्रै खर्च हुने गरेको प्रतिष्ठानको मुख्यआम्दानीको स्रोत भनेको अस्पतालबाट प्राप्तशुल्क र अध्ययनगर्ने विद्यार्थीहरुले तिर्ने मासिकशुल्कमात्रै हो । अहिले प्रतिष्ठानको दैनिक १५ लाखसम्मआम्दानीहुने गरेको छ । तलबबाहेक पनिअन्यप्रशासनिकखर्च लगातअन्यउपकरणहरु खरीदमा नै खर्च हुने गरेको छ । यस्तो अवस्थामा ४ सय शैया क्षमताको अस्पतालको भवनआफैं बनाउन सक्ने अवस्था नरहेको प्रतिष्ठानले जनाएको छ ।
यस बाहेकपनि प्रतिष्ठानका पूर्व उपकूलपतिदासले १४ करोडको एमआरआईको पुरानो मेसिनकिन्नखोजेको, मोडुलर ओटी लगायतका सामग्रीहरु मापदण्ड विपरित खरीदगरिएकालगायतका धेरै विवादहरु कायमै रहेका छन् । मापदण्ड विपरित रहेको भनेर मोडुलर ओटी त जिन्सीविभागले अझै पनि स्वीकार्न सकेको छैन । १० करोड रुपैयाँमाकिनेको सो उपकरण अझै पनि स्टोरले दर्ता गर्न नसक्दात्यो त्यसै पुरानो बन्ने अवस्थामापुगेको छ ।
त्यस्तै ४ वटा विनाकामको भेन्टिलेटर पूर्व उपकूलपतिले जानेबेलामाकिनेर गएकाथिए । त्यो भेन्टिलेटर अहिले पनि बेबारिसे भएको छ ।
प्रकाशित मितिः२०७४ भाद्र ३१

वि.सं.२०७४ भदौ ३१ शनिवार १६:४१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...