back
NMB ad

दुई ठूला बैंकको १ अर्ब ८६ करोडको लगानीमा बन्न लागेको हाइड्रोबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । सानिमा हाइड्रो समूहको मुख्य लगानी रहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनामा २ बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । रसुवामा निर्माण हुने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंकले ऋण लगानी गर्न लागेक हो ।

बैंक र सानिमा हाइड्रो समूहले गत भदौ १९ गते ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेको संचालक सुबर्णदास श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कुल लगानीको ७५ प्रतिशत ऋण लगानी बैंकहरुले गर्दैछन् । २५ प्रतिशत स्वपुँजी लगानी रहने छ । आयोजनामा वित्तीय व्यवस्थापनको जोहो भइसकेकाले निर्माण सुरु हुन लागेको उनले बताए ।

साढे २ वर्षभित्रमा आयोजना पूरा गरेर २०७७ साल असारबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । निर्माण पूरा भएपछि आयोजनाले वार्षिकरूपमा ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलोवाट घन्टा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउने छ । सानिमा हाइड्रो समुहले माथिल्लो मैलुङसहित ५४ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि यसै वर्ष निर्माणमा लैजाँदैछ ।

२.६ मेगावाटको सुनकोसी, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेट संचालनमा छन् ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ असो २

वि.सं.२०७४ असोज २ सोमवार १०:१६ मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...