back
NMB ad

विश्वज्योती मलको दशैं अफर,दुबई घुम्ने मौका,नगद सहित उपहारै उपहार

Kumari bank ad

काठमाडौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैं तिहार सुपर छुट अफर सुरु भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी मलले असोज ३ गतेदेखि उपहार योजना सुरु गरेको हो । उपहार योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले उपहार नै उपहार पाउने मलले जनाएको छ ।

कात्तिक २५ गतेसम्म चल्ने उपहार योजना अवधिमा मलको कुनै पनि पसलमा एक हजार रुपैंया बराबरको सामान खरिद गर्ने सेवाग्राहीले उपहार कुपन प्राप्त गर्ने छन् । उक्त कुपनबाट मलले सेवाग्राहीलाई गोलाप्रथाबाट साप्ताहिक रुपमा विभिन्न किसिमका उपहार बितरण गर्ने जनाएको छ । साथै बम्पर उपहारमा मोटरसाइकल, स्कूटर तथा दुबई भ्रमणको अवसर प्रदान गर्ने मलले जनाएको छ ।

मलका अनुसार साप्ताहिक रुपमा सेवाग्राहीले गोदरेज ब्राण्डका रेप्रिजिरेटर, वासिगं मेसिन, माइक्रोवेभ ओभन तथा टिसिएल ब्राण्डको एलसिडि तथा एलईडि टेलिभिजन बितरण गरिनेछ । साथै पाँच हजार रुपैंयाको छुट कुपन तथा सिग्नेचरका तर्फबाट विशेष उपहार साप्ताहिक रुपमा बितरण गरिने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।

बम्पर उपहारमा एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल तथा लेट्स स्कूटर प्राप्त गर्नेछन् । त्यसै गरी बम्पर उपहार अन्तरगत चार रात पाँच दिनको दुबई भ्रमणको अवसर सेवाग्राहीले पाउने मलले जनाएको छ ।

एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्रीबितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आइसकेको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफी शप लगायतका ४० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार १४:०३ मा प्रकाशित

You can share this post!

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...