back
NMB ad

भारत एक दिवसीय क्रिकेट बरियतामा शीर्ष स्थानमा

Kumari bank ad

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेटको श्रृङ्खला भारतले जितेको हो । तेश्रो एकदिवसीय खेल आइतबार राति ५ विकेटले जित्दै भारतले २ खेल अघि नै श्रृङ्खला जितेको हो ।

२ सय ९४ रनको लक्ष्य भारतले ४७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतको जितमा हार्दिक पाण्डेयले ७८, रोहित शर्माले ७१ र अजिन्क्या रहानेले ७० रन बनाए ।

इन्दौरमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो । अष्ट्रेलियाका आरोन फिन्चले १ सय २४ रन बनाएका थिए । यो जितपछि भारत एक दिवसीय ¥याङ्किङमा शीर्ष स्थानमा पुगेको छ । भारतको एक सय २० अंक रहेको छ ।

यस्तै वेष्ट इण्डिजसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले २–० ले अग्रता लिएको छ । दोश्रो एकदिवसीयमा इंग्ल्याण्ड १ सय २४ रनले विजयी भएको हो । ३ सय ७० रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ३९ ओभर एक बलमा २ सय ४५ रन मात्र बनाउन सक्यो । वेष्ट इण्डिजका क्रिस गेलले ९४ रन बनाएपनि टीमलाई जिताउन सकेनन् । इग्ल्याण्डका मोहिन अलिले ५७ बलमा १ सय २ रन बनाएका थिए ।

प्रकाशित मितिः २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...