back
NMB ad

प्रतिनिधि सभाका लागि एमाले धादिङको दुई वटै क्षेत्रमा आज उम्मेदवार छनोट गर्दै

Kumari bank ad

धादिङ । नेकपा एमाले धादिङले दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका निम्ति उम्मेदवार छनोट कार्यक्रम आयोजना गरेको छ ।

क्षेत्र नं. १ को बैरेनी र क्षेत्र नं. २ को धादिङबेसीमा एमाले नेताहरु भेला भएका छन् ।
भेलाले मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ति उम्मेदवार छनोट गरेर जिल्ला कमिटीमा पेश गर्नेगरी निर्णय गर्ने नेकपा एमालेका अध्यक्ष भुमी त्रिपाठीले जानकारी जानकारी दिए ।

क्षेत्र नं.१ मा पार्टी अध्यक्ष भुमी त्रिपाठी सहित पोलिटव्युरो सदस्य द्वय राजेन्द्र पाण्डे र गंगालाल तुलाधर र स्थायी कमिटी सदस्य एवं केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेलको समेत निर्वाचन क्षेत्र भएकाले जिल्लाभरमै महत्त्वका साथ हेरिएको छ ।

यस्तै क्षेत्र नं. २ मा पार्टी केन्द्रीय सदस्य खेम लोहनी र वहालवाला सांसद गुरुप्रसाद बुर्लाकोटीको मुख्य प्रतिस्पर्धा रहेको बताइएको छ ।

भेलाले सकेसम्म सर्वसम्मत निर्णय गरेर एक जना मात्र सिफारिस गर्ने र सर्वसम्मत नभए तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने एमाले नेताहरुले बताए ।
प्रदेश सभाका निम्ति हिजै चार वटै क्षेत्रले बैठक गरेर आकांक्षीको नाम संकलन गरेर पार्टी जिल्ला कमिटीमा पेश गरिएको छ ।

१९ असोज २०७४

वि.सं.२०७४ असोज १९ बिहीवार १५:०८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...