काठमाडौं । गायिका कोमल वलीलाई एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।एमाले प्रतिनिधि सभा दाङ ३ नम्बर क्षेत्री कमिटीले गायिका वलीको नाम पठाएको हो ।
२ साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित लोक गायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् ।
प्रकाशित मितिः २०७४ असोज २०
वि.सं.२०७४ असोज २० शुक्रवार ११:१२ मा प्रकाशित