काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २१ गतेसम्म निष्काशन हुने हकप्रदमा भदौ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । एस क्यापिटल लाल दरबार, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय चाबहिल, न्यूरोड, किर्तिपुर, जावलाखेल, कौशलटार र उपत्यका बाहिर वीरगंज, पर्सा, चितवन, मोरङ, नारायणगढ, प्युठान, संखुवासभा र एक्सेल बैंकको केन्द्रिय तथा शाखा कार्यालयबाट उक्त हकप्रदमा आवेदन दिन सकिने छ ।
हाल एक्सेलको चुक्तापुँजी ३८ करोड ४५ लाख ६२ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार आठ सय रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ असोज २१
वि.सं.२०७४ असोज २१ शनिवार ०८:१२ मा प्रकाशित