काठमाडौ । एनआईबिएल क्यापिटल लिमिटेडको पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । एनआईबिएल क्यापिटलले साधारणा सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो ।
यस्तै एस क्यापिटलको सातौं बार्षिक साधारण सभाले ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्ता पूँजी ७ करोड रुपैयाँको ५२ प्रतिशतले हुने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
प्रकाशित मितिः २०७४ असोज २५
वि.सं.२०७४ असोज २५ बुधवार १५:१९ मा प्रकाशित