back
NMB ad

ओबामाले गरे हस्ताक्षर, अमेरिकासँग अब नेपालको २५ अर्बको व्यापार

Kumari bank ad

काठमाण्डौं । राष्ट्रपति बाराक ओबामाले आज बिहीबार नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुटसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरसँगै अब नेपालले २५ अर्ब रुपैयाँको नेपाली तयारी पोशाक भित्र्याउने बाटो खुलेकोछ ।

ओबामाले गरेको हस्ताक्षसँगै नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट पाएकोछ । ३० दिनपछि लागु हुने यो विधेयक अनुसार नेपालले च्यादर गलबन्दी, कार्पेट, गार्मेन्टका उत्पादनदेखि व्यापारको लागि अमेरिकाको यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्री अमेरिका पठाउँदा भन्सार छुट पाउने भएको हो । छ। यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ ।

नेपालस्थित अमेरिकी दूतावासले गत वैशाखमा गएको महाभूकम्पले शिथिल बनाएको नेपाली अर्थतन्त्रलाई पुनरोत्थान गर्ने गरी उक्त विधयेक ल्याइएको बताएको छ। योसँगै लाखौँको सङ्ख्यामा रोजगारी र विदेशी मुद्रासमेत आर्जन गर्न सकिन्छ।

यो विधेयकमा हस्ताक्षरसँगै अमेरिकाले नेपाललाई एलसिडी (अल्पविकसित राष्ट्र) अन्तर्गतको सेक्सन ९१५ को सुविधा प्रदान गर्न लागेको हो। यसअन्तर्गत तयारी पोसाकका ६६ प्रकारका उत्पादनलाई १७ प्रतिशत भन्सार छुट दिनेछ । यसअघि नै नेपाली हस्तकलाका सामान ९पस्मिना, फेल्ट, सिल्बर जुएलरी, उनका उत्पादन, घरेलु उद्योगका सामान० लाई जिएसपी सुविधाअन्तर्गत कर छुट प्रदान गरिएको छ। यससम्बन्धी जानकारी नेपालस्थित अमेरिकी दुतावासको वेवसाइटमा राखिएकोछ ।

फागुन १३, २०७२, २.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १४:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...