back
NMB ad

एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत चयन

Kumari bank ad

चितवन । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित सहकोषाध्यक्ष सोमनाथ सापकोटालाई सद्भावना दूत चयन गरेको छ ।

समितिको हालै सम्पन्न विश्व सम्मेलनले डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिसमेत रहेका सापकोटालाई सद्भावना दूत चयन गरेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

नेपालमा पर्यटन प्रवद्र्धनसँगै विदेशमा रहेका युवालाई स्वदेशको लगानीका लागि प्रेरित गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सापकोटाको भूमिका महत्वपूर्ण हुने समितिले विश्वास लिएको छ । सापकोटाले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

विदेशमा बस्ने चितवनवासीलाई एकीकृत गरी आर्जन गरेको श्रम, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्न चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति निर्माण भएको हो ।

हाल कतार, इजरायल, युएइ, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका करिब दुई हजार चितवनवासी संस्थामा आबद्ध छन् । पाँच वटा देश सहभागी गराउने तयारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

हालै सम्पन्न विश्व सम्मेलनले गरिब तथा असहाय र विपन्न विद्यार्थीलाई सहयोग गर्ने एवं परोपकारी काममा सहयोग गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक ६

वि.सं.२०७४ कात्तिक ६ सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...