back
NMB ad

अर्थमन्त्रालयले रोक्यो आयल निगमको ९० करोड

Kumari bank ad

काठमाडौँ । नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ ।

बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिएका हुन् । १२ अर्ब रुपैयाँभन्दा बढी सरकारको ऋण रहेको संस्थाले ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको थियो ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत उक्त कार्य अगाडि नबढाउन आजै निर्देशन दिएका हुन् ।

आम उपभोक्ता इन्धन सङ्कटको चर्को अभाव बेहोर्न बाध्य भइरहेको समयमा बोनस वितरण गर्दा त्यसको नकारात्मक सन्देश जाने देखिएकाले अर्थ मन्त्रालयले त्यसप्रति रुष्ट देखिएको हो ।

निमगभित्रै केही कर्मचारीसमेत विद्यमान अवस्थामा बोनस वा अन्य कुनै पनि किसिमको सुविधा बाँड्न नहुने पक्षमा उभिएको बताइएको छ । रासस

१४ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार ११:०९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...