back
NMB ad

२०% बोनस सेयर दिने बैंकको लिलामी फारम उपत्यकाबाहिर कहाँ–कहाँ पाइन्छ ? हेर्नुहोस्…

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकको कात्तिक २३ देखि १ लाख ६२ हजार ८०३.०४ कित्ता सेयर लिलामीमा आउने भएको छ । मुक्तिनाथले संस्थापक समूहको २७ हजार ७६५.५१ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५ हजर ३७.०४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने कात्तिक ३० गते तोकिएको छ ।

यसअघि बैंकले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म मुक्तिनाथले १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ हजार ९१० जना सेयरधनीले ६० लाख ८ हजार ६२ कित्ता हकप्रद सेयरमा आवेदन दिएका थिए । तर कुल १ लाख ६२ हजार ८०३.०४ कित्ता सेयर भने बिक्री हुन सकेन । नबिकेको त्यही सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि मुक्तिनाथले पहिलो पटक उपत्यकाबाहिरबाट पनि लिलामी सेयर भर्न सकिने व्यवस्था गरेको हुँदा राजधानी बाहिरका लगानीकर्तालाई निकै ठूलो राहत पुग्ने देखिएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौ, मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादीबाट आवेदन बुझाउन सक्नेछन् ।

त्यस्तै उपत्यकाबाहिर मुक्तिनाथको शाखा कार्यालयहरु पृथ्वीचोक ९ पोखरा, वीरगन्ज र बुटवलबाट लिलामीको आवेदन फारम बुझाउन पाइनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामी सेयरमा आवेदन फारम बुझाउन सकिनेछ । । यो बैंकले गत वर्षको नाफाबाट हकप्रद सेयरले समेत पाउने गरी २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरीसकेको छ ।

वि.सं.२०७४ कात्तिक १५ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...