back
NMB ad

दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउनेः दक्षिण कोरियाली राष्ट्रपति मुन

Kumari bank ad

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताए ।

दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने – दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन ।

उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताए ।

उनले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राखे ।

यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राखेका थियो ।

बुधबार उनले गरेका यो सम्बोधन उन राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उनले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिए ।

उनले सो सम्बोधनको प्रमुख अंश शान्ति स्थापनालाई बनए र उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न आग्रह गरे । त्यस क्रममा उनले उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको पनि बताए ।

उनले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । हाल उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर हो भने ।

यसरी हतियारको मात्र प्रदर्शनले ध्वंस बाहेक अरु केही नहुने भएकाले आगामी दिनमा उसले पनि शान्तिका लागि प्रयत्न गर्नुपर्ने उसँग कुनै समस्या छ भने पनि शान्तिवार्ताको माध्यमबाटै खोज्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।

उता उत्तर कोरियाले भने बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गएको अगष्ट महिनामा पनि पछिल्लो पटक शक्तिशाली आणविक परीक्षण पनि गरेको छ ।

सो आणविक परीक्षणको विश्वव्यापी रुपमा नै वरोध पनि भइआएको छ । उक्त परीक्षणका कारण दक्षिण कोरिया, जापान र अमेरिकालाई अरु देशको तुलनामा बढी मात्रामा तनाव गराएको बताइन्छ ।

सोही कारण पनि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिँदै आएको छ । कोरियाले उत्तर कोरियालाई यसअघि पनि बारम्बार शान्तिवार्तामा जोड दिँदै आएको छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १३:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...