back
NMB ad

संसारको धनीमा बिल गेट्सलाई पछाडी पारे जेफ बेजोसले, कस्को सम्पत्ती कति ?

Kumari bank ad

काठमाडौं । अनलाइन बुक स्टोर अमेजनका मालिक जेफ बेजोस विश्वकै सर्वाधिक धनी व्यक्ति भएका छन् । बेजोसले एक वर्षयता प्रत्येक दिन ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको बताइन्छ । सुरुवाती दिनमा बेजोस इन्टरनेटको सहयोगमा पुस्तक बेच्थे । यही व्यवसायलाई अघि बढाउँदै उनले अमेजन नामक ई–कमर्स कम्पनी स्थापना गरे । पछि यो कम्पनीले विभिन्न प्रकारका व्यवसाय समेत गर्न थाल्यो ।
बेजोस अहिले अन्तरिक्षमा रकेट पठाउने व्यवसायमा समेत लागेका छन् । त्यसैगरी ब्लू ओरिजिन नामक कम्पनीमा समेत उनको लगानी छ । बेजोस प्रत्येक वर्ष अमेजनको १ अर्ब डलरको सेयर बिक्री गरेर ब्लू ओरिजिनमा लगानी गरिरहेका छन् ।

बेजोसले सन् १९९४ मा न्युयोर्कदेखि सियाटलसम्मको भ्रमणपश्चात् अमेजन डटकम स्थापना गरेका थिए । अमेजनको व्यापारिक योजना पनि उनले त्यही भ्रमणका क्रममा बाटैमा गरेका थिए । यो कम्पनीको सुरुवात उनले आफ्नो ग्यारेजमा गरेका थिए ।

बेजोसले आफ्नो कुल सम्पत्तिका साथ माइक्रोसफ्का सहसंस्थापक बिल गेट्सलाई पछाडि छाडेका छन् । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार अमेजोनको सेयरमा दुई प्रतिशतभन्दा बढीले वृद्धि भै बेजोसको कुल सम्पत्ति ९३ करोड डलरले माथि उक्लिएको छ । यो रकमसँगै उनी विश्वकै नम्बर वान अर्बपति भएका हुन् । हाल उनको सम्पत्ति ९३ दशमलव १ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम अर्बपति बिल गेट्सको सम्पत्ति ८९ दशमलव ९ अर्ब डलरभन्दा केही मात्र बढी हो ।

बेजोसले हालै अमेरिकामा सबैभन्दा महँगो ग्रोसरी चेन ‘होल फुड्स’ खरिद गरेका थिए । यसले पनि बेजोसको सम्पत्ति बढाउन सहयोग पुर्‍याएको बताइन्छ । ग्रोसरीबाट उनले एकैपटकमा दुई अर्ब अमेरिकी डलर कमाएका थिए ।

बिल गेट्सलाई बेजोसले सम्पत्तिमा पछाडि पारेको यो पहिलो घटना भने होइन । यसअघि जुलाई २८ मा पनि केही समय मात्र भए पनि उनले गेट्सलाई उछिनेका थिए । एजेन्सीको सहयोगमा 

प्रकाशित : कार्तिक १८, २०७४

वि.सं.२०७४ कात्तिक १८ शनिवार १५:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...