back
NMB ad

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

Kumari bank ad

बेँसीशहर, लमजुङ । ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।

बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउँथे । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गरे । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गरेका हुन् ।

पुष्प व्यवसाय शुरु गरेएकी गुरुङ जिल्लामै एक्लो हो । उनले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाएकी छिन् । शुरुमा फूल व्यवसाय पनि हुन्छ र ? भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उनकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भछिन् । पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उनले बताइन् । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उनले भनिन्, “अरु बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उहाँले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आएकि छिन् । उनले पछिल्लो समय दुवोको समेत व्यवसाय शुरु गरेकी छिन् । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फूल खेती गरेकी थिईन् । तर तिहार अगावै सबै फूल बिक्री भयो । सो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा उमारेकी छिन् । उनले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आएकी छिन् ।

फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ छिन् । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उनले झण्डै रु ५० लाख लगानी भएको बताइन् । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भनिन्, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

व्यावसायिक फूल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताइन् । “शुरु–शुरुमा सरकारी निकायमा सहयोग माग्न गए”, गुरुङले भनिन् “ आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म आफैं बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिएकी छिन् । त्यो बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उनले बताइन् । नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा आफुलाई निकै खुशी लागेको गुरुङ बताउँछिन् । “फूल र मालाको माग बढ्दा झन उत्साहित भएकी छु”, उनले भनिन्, “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।”रासस

प्रकाशित मितिः २०७४ कार्तिक २२

वि.सं.२०७४ कात्तिक २२ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...