back
NMB ad

पर्वतीय पर्यटन व्यवस्थापन विषयमा अध्यापन हुने

Kumari bank ad

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराले ‘पर्वतीय पर्यटन व्यवस्थापन’ विषयमा स्नातक तहको अध्यापन गराउने भएको छ । क्याम्पसद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसबाट विभिन्न विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै समयसापेक्ष नयाँ विषयको अध्यापन गराउने सोचअनुरुप पर्वतीय पर्यटनमा पठनपाठन सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार चार वर्षे सेमेस्टर प्रणालीअनुसार अध्यापन गराइने यस विषयले समग्र पर्वतीय पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । विश्वविद्यालय अनुदान आयोगले तोकेको अन्तर्राष्ट्रियस्तरको शैक्षिक मापदण्ड पूरा गरी गुणस्तर प्रत्यायन (क्वुएए)को प्रमाणपत्र क्याम्पसले प्राप्त गरेको बताउँदै उनले सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बन्दै राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भइसकेको उल्लेख गरे ।

क्याम्पसमा हाल चार हजार ५५० विद्यार्थी अध्ययनरत क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा अध्यापन भइरहेको सहायक क्याम्पस प्रमुख भेषराज बरालले जानकारी दिए । त्रिभुवन विश्वविद्यलायका प्राध्यापक प्रा डा रमेशराज कुँवरले पर्वतीय पर्यटन विषय नेपालको माटो अनुकूलको विषय भएको बताउँदै यसबाट यहाँको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...