back
NMB ad

नेपालबाट अवैध रुपमा डिजेल भारत निकासी

Kumari bank ad

कपिलवस्तु ।भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु (रु ९६ नेपाली) कायम गरेको थियो ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ७४ मा कायम गरिएको छ । भारतीय तुलनामा नेपाली डिजेल प्रतिलिटर रु २२ सस्तो पर्छ । कपिलवस्तुको कृष्णनगर र मर्यादपुर भन्सार नाका हुँदै प्रवेश गर्ने भारतीय मालबाहक ट्रकमार्फत दैनिक ६० हजार लिटर डिजेल भारत निकासी हुने गरेको बताइएको छ ।

कृष्णनगर भन्सार कार्यालयका अनुसार दैनिक १०० देखि १३० वटा र मर्यादपुर नाकाबाट ४० वटासम्म मालबाहक ट्रक नेपाल भित्रने गर्छन् । सिमेन्ट र प्लाइउडका कच्चा पदार्थ, कोइला, कपडा, खाद्यान्न, फलफूल र तरकारी बोकेका ट्रक फर्कने क्रममा आफ्नो ट्याङ्कीमा डिजेल भरेर भारत फर्कन्छन् । ती मालबाहक ट्रकको इन्धन ट्याङ्कीको क्षमता ४०० देखि ७०० लिटरसम्मको हुने नेपाली ट्रक व्यवसायी चुन्नु श्रेष्ठ बताउँछन् ।

कपिलवस्तुका पेट्रोल पम्पमा आएको ७० प्रतिशत डिजेल भारत निकासी हुने गरेको कृष्णनगरका यातायात व्यवसायी तुफेल खाँ बताउँछन् । भारतीय साधनले डिजेल बढी खरिद गर्न थालेपछि आफ्ना साधनलाई अभाव भइरहेको उनको गुनासो छ ।

चन्द्रौटा क्षेत्रका पिके आयल, केएसके आयल, अन्सारी आयल, समीर फिलिङ सेन्टर तथा गणपति आयल सप्लायर्समा सबैभन्दा बढी चाप भारतीय मालबाहक साधनकै रहन्छ । आयल निगम भलवारी डिपोका सहायक प्रबन्धक पर्शुराम अधिकारी भारतमा अवैध रुपमा निकासी हुने गरेको पेट्रोलियम पर्दाथ नियमन गर्न सम्बन्धित जिल्ला प्रशासन तथा पेट्रोलियम डिजेल एशोसिएसनलाई पत्राचार गरेको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आयल निगमको समन्वयमा प्रहरी परिचालन गरी सीमापारि जाने सवारी साधनबाट हुने अवैध इन्धन चुहावट नियन्त्रण गर्न थालिएको बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक २८

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ११:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...