back
NMB ad

थानकोटदेखि कलंकी सडक विस्तार कार्य चाँडो गरी आर्थिक क्रान्तिमा लाग्नुछ : कृष्णगोपाल

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा ९एमाले० क्षेत्र नं ९ बल्खु एकाइले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले उक्त सडकखण्ड विस्तार एवं पुनःनिर्माणमा ढिलाइ हुँदा धुवाँ र धुलोको समस्याले स्थानीयवासीलाई समस्या भएको बताउनुभयो ।

मुलुकमा शान्ति र सरकारको स्थायित्वका लागि वाम गठबन्धन भएको बताउँदै नेता श्रेष्ठले गठबन्धन बनेपछि नेपाली काँग्रेसले अत्तालिएर वाम सरकार गठन भए अधिनायकवाद आउने भ्रम फैलाएको आरोप लगाउनुभयो ।

देशमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँदै उहाँले प्राचीन महत्वको इन्द्र दहका साथै। विभिन्न जात्रा र पर्वको संरक्षण गरी यो क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले देशमा राजनीतिक परिवर्तन पूरा भएकाले अब सामाजिक रूपान्तरण गरी आर्थिक क्रान्ति पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ९क० का उम्मेदवार डा अजयक्रान्ति शाक्यले देशमा पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति गराउन वाम सरकारको नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति ः ५ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ५ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...