back
NMB ad

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा स्वामी कमलनयनसहित पाँच पक्राउ

Kumari bank ad

झापा । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् ।

बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये स्वामी कमलनयन मोर्चाका धार्मिक प्रवक्ता रहेको बताइएको छ ।
७ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ७ बिहीवार २२:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...