back
NMB ad

सरकारको नुनपानी खाएर पार्टीको झण्डा नबोक्न निजामतीलाई सुरेन्द्र पाण्डेको सुझाव

Kumari bank ad

चितवन । निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले राष्ट्र सेवाकले स्वतन्त्र छपि प्रकट गर्नु पर्ने बताए ।
पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गरे।

चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिए ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पुर्व मन्त्री पाण्डलेले बिहीबार यहाँको खैरहनी नगरपालिका–४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भने, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।” राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उनको भनाइ थियो ।

सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०९:०६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...