back
NMB ad

कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट

कोलोराडो (अमेरीका) । यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि यःमरी पुन्ही छन् ।
नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हस्र्सोलास सग यःमरी पुन्ही मनाएका हुन् ।
नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक बिशाल सिटौला, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, बल्ड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने श्याम श्रेष्ठले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए । ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनी कत्तीका दानी रहेछन् भनी बु¤न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भिœयाए पछि भकारीमा गणेश कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने बिधि बताएर कुवेर अन्तध्र्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि यःमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।
कार्यक्रमा बोल्दै प्राध्यापक बिशाल सिटैेलाले मातृभुमीबाट यतिटाढा रहेर पनि आनो संस्कृतीको पहिचानको लागी नेवारी समुदायले अयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी हुन पाउंदा आफुलाई गौरव महसुस भएको बताए ।
कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ओर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, बल्ड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, लगायतका बक्ताहरुले मन्तब्य दिंदै नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए ।
समारोहमा मोहन श्रेष्ठ र प्रमोद श्रेष्ठले नेवारी संस्कृती पहिचाहन गराउने धिमे बाजा, धा“ बाजा बजाएका थिए । त्यसैगरी मनोज तुलाधरले नेवारी गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमका नेपाल संम्बतको क्यालेण्डर छाप्न बिज्ञापन उपलब्ध गराउने दाताहरुलाई बयोबृद्ध बिष्णुभक्त श्रेष्ठबाट क्यालेण्डर हस्तान्तरण गरिएको थियो । कार्यक्रम लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।
डिसेम्बर ३, २०१७

वि.सं.२०७४ मंसिर १८ सोमवार २२:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...