धादिङ । धादिङ क्षेत्र नं. २ प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य अधिकारीले नेपाली काँग्रेसका जिल्ल सभापती रमेश धमलालाई १३५२ मतले पछि पार्दै विजयी भएका हुन् । अधिकारीले २०,३६८ मत प्राप्त गरेका छन् भने धमलाले १९,०१८ मत प्राप्त गरेका थिए । पराजित धमला टानका पुर्व अध्यक्ष समेत हुन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ००:१६ मा प्रकाशित