ग्रीन डेभलपमेन्ट बैङ्कले चुक्ता पुँजी बढाउनको लागि ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । बैङ्कले १ बराबर ४ को अनुपातमा ४ सय प्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैङ्कले हकप्रद शेयर प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । नेप्सेमार्फत सुचना जारी गरी बैँकले चार सय प्रतिशत हकप्रदका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।
बैँकले यसअघि शेयरधनीहरुलाई १ बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि माघ २८ गते चौथो बार्षिक साधारणसभाको आह्वान गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
यस अनुसार पुस १६ गतेसम्म अर्थात बुक क्लोजको १ दिन अगाडिसम्म बैँकको शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र हकप्रद पाउने भएका छन् । बैँकको हाल १० करोड चुक्ता पुँजी रहेको छ । चार सय प्रतिशत हकप्रद बिक्रीपछि बैँकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
बैँकले आर्थिक बर्ष २०७४–७५ को पहिलो त्रैमासमा ३० करोड ५१ लख रुपैयाँ खुद नाफा कमाएको छ ।
वि.सं.२०७४ पुस ९ आइतवार १०:०६ मा प्रकाशित