back
NMB ad

आजै खरिद गर्नुहोस् बैंकको सेयर, बन्नुहोस् ३३ प्रतिशत बोनसको हकदार

Kumari bank ad

काठमाडौ । एभरेष्ट बैंकले करिब २ अर्ब २ करोड रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैङ्कले आफ्नो आगामी साधारण सभाबाट बोनस वितरण प्रस्ताव पारित गराउन लागेको हो । बैंकले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको ३३ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांस पारित गर्न पुस २८ गते २३ औं बार्षिक साधारण सभा राखेको छ । साधारणसभा प्रयोजनका लागि विहीबारदेखि बैंकको सेयरधनी दर्ता किताब बन्द हुँदैछ ।

बुधबारसम्म सेयरधनी कायम भएकाहरुले मात्र बैंकले प्रस्ताव गरेको लाभांस पाउनेछन् । बैंकले साधारण सभाका लागि पुस १३ गतेदेखि पुस २० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यस अनुसार पुस १२ गतेसम्म सेयर किनेर सेयरधनी बनेका वा यसअघि नै सेयरधनी रहेका लगानीर्काले ३३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

बैंकको साधारण सभाका अन्य एजेण्डाहरुमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक (३ संस्थापक, २ साधारण, प्राबिधिक सेवा र व्यवस्थापन प्रदान गर्ने बैंकबाट १ जना) नियुक्ति, भ्रमण खर्च (नेपाल र भारत भ्रमण गर्दा दैनिक भत्ता १२ हजार तथा अन्य देशमा ५५० अमेरिकि डलर र वास्तविक खर्च) व्यवस्था थप गर्ने, र लेखापरिक्षक नियुक्ति गर्ने लगायतका रहेका छन् ।

राष्ट्र बैंकले मंगलबार मात्र परिपत्र जारी गर्दे बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावि विदेश भ्रमण र पुरस्कार लिन कडाई गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ खु्द नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७४ पुष १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार ११:०६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...