back
NMB ad

जलविद्युतको आइपिओ निष्काशनमा कडाई, के छ नयाँ प्रावधानमा ?

Kumari bank ad

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत लगायतका कम्पनीको आइपीओ निष्कासनको प्रावधानमा कडाई गरेको छ । वित्तीय अवस्था कमजोर रहेका र प्रत्यक्ष नियामक निकाय नरहेका जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनमा थप व्यवस्थित र जोखिम मूल्यांकनलाई प्रभावकारी बनाइएको हो ।

जलविद्युत कम्पनी निर्माणमा संस्थापकले बढी लगानी देखाउने र प्रतिफल कम पाउन थालेपछि बोर्डले शेयर निष्काशनमा कडार्इ गरेको हो। बोर्डले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न आइपीओ निष्कासनका प्रावधानमा कडाई गरेको जनाएको छ ।

बोर्डले प्रक्षेपित वित्तिय विवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षले प्रक्षेपित वित्तिय विवरण ठीक रहेको स्पस्ट रुपमा प्रमाणित गर्नुपर्ने जनाएको छ । संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा वार्षिक तालिकामा प्रस्तुत गर्नुपर्ने बोर्डले जनाएको छ।

जलविद्युत कम्पनीको शेयर निष्काशन गर्दा संचालन अवधि तीन वर्ष भएमा तीन वर्षको लेखापरीक्षण भएको वित्तिय विवरण अनुसार प्रति शेयर खुद सम्पत्ति र प्रति शेयर आम्दानी उल्लेख गर्नुपर्ने प्रावधान ल्याएको छ।

जलविद्तुत आयोजना भएमा प्रतिमेगावाट लागत,विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि समेत उल्लेख गर्नपर्ने बोर्डले जनाएको छ।

याँ व्यवस्थाले सर्वसाधारण लगानीकर्तालाई पनि जिम्मेवार बनाएको छ । सार्वजनिक निष्कासनको धितोपत्र लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा आवेदकले स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गर्नु पर्नेछ ।

यस व्यवस्थाबाट सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुको सम्बन्धमा लगानीकर्ताहरुलाई थप जानकारी प्राप्त भई लगानी सम्बन्धमा उचित निर्णय लिन मद्दत पुग्ने तथा संगठित संस्थाहरुलाई परियोजना सफल बनाउन अवसरको रुपमा रहने बोर्डको अपेक्षा रहेको छ ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १२:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...