back
NMB ad

आफ्ना कार्यकर्ता भर्ती गराउने सरकारको कदमले पयर्टन क्षेत्रमा अस्थिरता – नेटा

Kumari bank ad

काठमाडौ । कामचलाउको रुपमा रहेको सरकारले पर्यटन क्षेत्रका विभिन्न पदहरुमा एकलौटी आफ्ना कार्याकर्ता भर्ती गराउदा पर्यटन क्षेत्रमा पुन अन्यौलताको वातावरण सिर्जना भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले बताएको छ ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले ट्राभल तथा ट्रेकिङ्ग कम्पनीहरुका चुक्ता पुँजीलाई वृद्धीगर्ने नेपाल सरकारको निर्णयले श्रमजिवी ब्यवसायीहरुलाई चर्को मार पर्ने साथै कम्पनीमा चुक्ता गर्न नसकेर पुन बेरोजगारी गराउने अवधारणाको विकास भएको आरोप लागाएको छ ।

राज्यले पेशा ब्यवसाय गर्नलाई प्रोत्साहन गर्नुको सट्टा पुँजीमा वृद्धीगरी सिमित ब्यक्तिहरुको स्वार्थमा निर्णय गर्नाले थुप्रै पर्यटन ब्यवसायीहरुलाई विस्थापित गर्ने योजना भएको भन्दै संगठनले सरकारको कदमको कडा शब्दमा भत्र्सना गरेको छ । राज्यले देशको भौगोलिकताको आधारमा पर्यटकीय क्षेत्रमा क्षमता अभिवृद्धिको लागि लगानी गर्न आवश्यक भएको भन्दै संगठनले देशका विभिन्न भागमा भौतिक संरचनाहरुको निर्माण तथा स्तरोन्नती गर्नुपर्ने माग राखेको छ ।

कमजोर भौतिक संरचनाको कारणबाट देशमा गुणात्मक पर्यटक भित्र्याउन समस्याभएको ठहर गर्दै संगठनले मुलुकमा विनास भएका पुरातात्विक महत्वका धरोहरहरुलाई पुनर्निमाण गर्नुपर्ने विषयलाई वेवास्ता गरिएकोमा आपत्ती जनाएको छ । साथै देशमा गुणस्तरीय पर्यटनको प्रवर्धन गर्नलाई सुविधायुक्त संरचनाको निर्माण, सुलभ हवाई यातायात तथा सडक सञ्जालको तुरुन्त विकास गर्न आवश्यक रहेको टिप्पणी गरेको छ ।

चन्द्र प्रसाद रिजालको अध्यक्षतामा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पर्यटन प्रवर्धन विभागका संयोजक सूर्य थापाको प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न भएको नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनको केन्दीय कमिटीको तेस्रो बैठक पश्चात संगठनले उक्त प्रेस विज्ञप्ती जारी गरेको हो ।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...