back
NMB ad

बाँडफाँडनै नभएको इन्स्योरेन्सको सेयरलाई साढे ६ करोडको बोनस, हेर्नुहोस विवरण..

Kumari bank ad

काठमाडौ । प्रिमियर इन्स्योरेन्सले बाँडफाँडनै नभएको नयाँ साधारण सेयरलाई समेत लाभांस दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सले केही दिन अघिमात्र बिक्री गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) ले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । कम्पनी संचालक समितिले १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस एफपीओ मार्फत बिक्री गरिएको ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयरले पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले गत पुष १६ गतेदेखि १९ गतेसम्म एफपीओ बिक्री गरेको थियो । जसको बाँडफाँड हुन अझै एक महिना लाग्नेछ ।

साथै कम्पनीले उक्त बोनसमा कर बापत लाग्ने ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांस समेत वितरण गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ पूजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । जसको १३.५२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५८ करोड नाघ्ने छ । कम्पनीले बीमा समितिले तोके बमोजिम एक अर्ब पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।

२०७४ पुष २५ गते प्रकाशित

वि.सं.२०७४ पुस २५ मंगलवार ११:४९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...