back
NMB ad

४० प्रतिशत हकप्रद जारी गर्दै सूर्या लाईफ , कती पुग्छ पुँजी ?

Kumari bank ad

काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले २८ करोड ८७ लाख बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।

हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकोको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सूर्या लाईफले नियामक निकाय धितोपत्र बोर्डमा १० बराबर चार अनुपातमा २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद सेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेको छ ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुर्इ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले पाँच करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ ।

२०७४ पुष २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार १८:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...