back
NMB ad

बौद्धमार्गीहरुको र्यालीमा गोली प्रहार, सातको मृत्यु

Kumari bank ad

याङ्गुन । म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ ।

सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ ।

बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।

एकजना प्रहरी अधिकारीले भनेका छन्– उक्त ¥यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो ।

साथै यस झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ ।

रोहिङ्या मुसलमान समूदायको बलियो प्रभाव रहेको भनिएको सो राज्यबाट हाल छ लाखभन्दा बढी रोहिङ्ग्या भागेर बङ्गलादेश पुगेका छन् ।

उक्त राज्यमा गएको केही महिनादेखि भएको सैनिक दमनका कारण अस्तव्यस्त भएको छ । राखिनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी जम्मा भएका थिए ।

यसरी जम्मा भएको जुलुस के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट हुन सकेको छैन ।

प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र प्रर्दशनकारीहरु त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएको बताएको छ ।

म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताएअनुसार उक्त भीडले सरकारी कार्यालयमा कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु परेको थियो ।

गएराति एमरक यु मन्दिर परिसरमा भएको यस हिंसामा सातको मृत्यु हुनुका साथै अन्य २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताएका छन् ।

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार २२:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...