back
NMB ad

थाहा पाउनुभयो त ? ५० अर्ब बराबरको ऋणपत्र जारी गर्दै अन्तराष्ट्रिय वित्त निगम

Kumari bank ad

काठमाडौ । विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले ५० नेपाली रपैया बराबरको ऋणपत्र नेपाली बजारमा जारी गर्ने तयारी गरेको छ । आइएफसीले नेपाली मुद्रामा ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र जारी गर्ने अनुमति माग्दै राष्ट्र बैंकमा आवेदन गरेको छ ।

ऋणपत्र जारी गर्ने संस्थाले ऋणपत्र जारी गर्नुको उदेश्य, लगानीका क्षेत्र, ऋणपत्र खरिद गर्नेले पाउने ब्याजदर, व्याजदर भुक्तानी अवधि लगायतका विषयको स्पष्ट विवरण अर्थमन्त्रालयमा पेश गरेर मात्रै ऋणपत्र जारी गर्न सक्छ । आइएफसीले अर्थन्त्रालयसँगको सहमति पत्र लिएर राष्ट्र बैंक पुगेको स्रोतले जनाएको छ । अर्थमन्त्रालयले निगमलाई दुई बर्ष अगाडि नै स्वीकृति दिएको थियो ।

सरकारले पूर्वाधार र प्राथमिकताका क्षेत्रमा लगानी गर्ने विदेशी वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गरेपछि आइएफसी अनुमति लिन राष्ट्र बैंक पुगेको हो।

ऋणपत्रको ब्याजदर,अवधि, कहिले जारी गर्ने र कुन परियोजनका लागि ऋणपत्र जारी गर्ने बिषयमा टुङ्गो लगाउन राष्ट्र बैंक नियमन विभागको मातहतमा गठित एक समितिले अध्ययन थालेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा आइएफसिलाई ऋणपत्र जारी गर्न दिइनेछ ।

सरकारले ०७१र०७२ को बजेट मार्फत नै ठुला परियोजनामा लगानी गर्न रकम उठाउन अन्तराष्ट्रिय स्तरको क्रेडिट रेटिङ्ग संस्थाबाट उच्चस्तरको रेटिङ प्राप्त गरेका अन्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ब्यबस्था गरेको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार निगमले स्थानीय मुद्रामा ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र जारी गर्ने अनुमति माग्न राष्ट्र बैंकमा आवेदन गरेको छ । तर उसले ऋणपत्र जारी गर्ने अनुमति भने पाइसकेको छैन् ।

यसरी ऋणपत्र जारी गर्ने संस्थाले ऋणपत्रबाट उठेको रकम जलविद्युत, कृषि, सडक, पर्यटन तथा पूर्वाधार विकास क्षेत्रमा लगानी गर्नु पर्नेछ । साथै राष्ट्र बैंकले जारी गरेका वित्तीय उपकरणहरुमा समेत लगानी गर्न पाउनेछ ।

स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा यसको संयोजन अर्थमन्त्रालयले गर्छ । यसरी जारी गरेको ऋणपत्रबाट संकलन हुने रकम सरकारले आवश्यकता महशुस गरेको र प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्न पर्ने हुन्छ ।

जलविद्युत र पुर्बाधारको क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय वित्त निगम र विश्व बैंक, एसियाली विकास बैकले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न चासो देखाउदै आएपनि हालसम्म भने जारी हुन सकेको छैन् । हाल, सेयर बजारमा ऋणपत्र सुचीकृत भएपनि कारोबार नहुने परिपाटीलाई पनि यस्था ऋणपत्रको सूचीकरणले अन्त्य गर्ने अपेक्षा गरिदै आइएको छ ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १४:४८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...